श्रीगोपाल प्रजापति मध्यपुर थिमीका एक विशिष्ट ऐतिहासिक साँस्कृतिक व्यक्तित्व हुनुहुन्छ । उहाँ भैरव नाच, महाँकाली नाच, अष्टमात्रिका नाच, भष्मासुर, लाखें, ज्यापु–ज्यापुनी नाच लगायत दर्जनौं परम्परागत नृत्यका ज्ञाता र गुरु हुनुहुन्छ । उहाँको जन्म वि.सं. १९८७ साल पुस शुक्ल द्वादशीको दिन जन्मिएका श्रीगोपाल प्रजापति, थिमीका बासिन्दा मात्र होइनन्, उनी नेवार समुदायको साँस्कृतिक पहिचानका साक्षात अभिव्यक्ति हुन्।…