लप्ची पुग्ने रहर धेरैपटक थियो । तर यात्रा कहिले र कसरी हुने भन्ने चाहिँ निश्चित थिएन । एकदिन अचानक, ‘लप्ची जान्छौं।’ भने पछि नाइ भन्ने कुरै भएन । को–को जाने भन्ने पनि खुलेको थिएन। तर मिलारेप्पाको तान्त्रिक ध्यान केन्द्र लप्ची जाने योजना बनेपछि मन झन् प्रफुल्ल बन्यो । यात्रा मेरो लागि केवल घुमघाम मात्र थिएन…