२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

पद्म सम्भवको मुर्तिमा प्राण प्रतिष्ठा सम्पन्न



चरिकोट । चोथाङमा निर्माण भएको गुरु रेम्बोर्छे(पद्म सम्भव) को प्रतिमामा प्राण प्रतिष्ठा गरिएको छ । बौद्ध धर्मका गुरु उर्गेन छ्योङ घेसे डोल्पो टुल्कु रिन्पोर्छेले पदमसम्भवको पुजासहित प्राणप्रतिष्ठा गरिएको हो ।

धर्मगुरु खेन्पो सोनाम छिरिङ तामाङ, अन्य बौद्ध गुरुहरुको सहभगीतामा पूजासहित पद्म सम्भवको प्रतिमामा प्राण प्रतिष्ठा गरिएको ६ नंं वडाका अध्यक्ष नविन लामाले जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेश दोलखा (ख) का सांसद भरत केसी, भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मान्नधर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर लगाएतले मन्तव्य राखेका थिए ।

साथै वडा अध्यक्ष नविन लामाले बुह साँस्कृतिक संग्रहालयको योजनासहित पद्म सम्भवको निर्माणमा लागेको खर्चको विवरण सुनाएका थिए । अध्यक्ष लामाले चोथाङ आफैमा पवित्र धार्मिक भूमी भएकाले गुरु रेम्पोर्छेको प्रतिमाले धार्मिक पर्यटकहरुको आगमनमा वृद्धि हुने बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार ००:००  ५ : २४ बजे