३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

सोक्ला भ्यालीमा महाशिवरात्रीका अवसरमा बोम्बो सम्मेलन



दोलखा, भ्याली – भीमेश्वर नगरपालिका–२, सोक्ला भ्यालीमा महाशिवरात्रीको अवसरमा बोम्बो (झाँक्री) सम्मेलन तथा सांस्कृतिक मेला आयोजना गरिने भएको छ। सोक्लाश्वरी पर्यटन विकास समाजले फागुन ३ गते आयोजना गर्न लागिएको हो ।

सामाजिक तथा धार्मिक सांस्कृतिक कार्यक्रमका रूपमा आयोजना हुन लागेको सम्मेलनमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लाबाट बोम्बोहरू सहभागी हुने आयोजले जनाएको छ । सम्मेलन मार्फत सोक्ला भ्यालीको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

आयोजक समितिका अनुसार सोक्ला भ्यालीको सांस्कृतिक र धार्मिक परम्परालाई जीवित राख्ने उद्देश्यका साथ झाँक्रीहरूको सहभागिता हुने छ ।

सोक्लाश्वरी पर्यटन विकास समाजले आफैँ कार्यक्रमको आयोजना तथा प्रवद्र्धन गर्ने छ । कार्यक्रममा नेपाल बोम्बो संरक्षण समाजको बोम्बोहरुको समेत प्रस्तुती रहने छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बुधबार ००:००  ३ : ११ बजे