६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

बुद्ध एयरको जहाजमा प्राविधिक समस्या



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलतर्फ उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज काठमाडौंतर्फ डाइभर्ट गरी अवतरण गराइएको छ ।

७२ यात्रु र चार जना चालक दलका सदस्य रहेको जहाज सोमबार बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुरतर्फ उडेको थियो।

बुद्ध एयरको उडान नम्बर बिएचए ९५३ जहाज काठमाडौंदेखि ४३ नटिकल माइल पूर्व पुग्दा बायाँ इन्जिनमा समस्या देखा परेको थियो। त्यसपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट गरी अवतरण गराइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले विज्ञप्ति जारी गर्दै बुद्ध एयरको उक्त जहाज सोमबार बिहान ११;१५ बजे सुरक्षित अवतरण भएको उल्लेख गरेका छन्।

#BudhaAir

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार ००:००  १ : ३२ बजे