काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गत पुस १३ गते दशरथ रंगशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको थियो । विद्यार्थी र तीनका अभिभावकहरूले रंगशाला भरिभराउ थियो ।
यस पटक स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा १४ हजार ३ सय ८ जना विद्यार्थीहरू दीक्षित भए । विभिन्न २२ विधामा सर्वोत्कृष्ट विद्यार्थीहरू विभिन्न पदक तथा पुरस्कारबाट विभूषित भएको थिए ।
यही क्रममा एमए पत्रकारितामा चेतना कुँवरले ३.६८ जिपिए ल्याएर गोल्ड मेडल पाउन सफल भइन । उनको छुटै चर्चा छ । जस्ले एक नयाँ रेकर्ड बनाइन ।
काभ्रेपलाञ्चोक, भुङलो गाउँपालिका चौबास, गुनाधारामा जन्मिएकी चेतनाले गाउँकै सेतिदेवि माध्यमिक विद्यालयबाट एसएलसी दिएकी हुन् । एसएलसी सकेर काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतमा प्लस टुबाट पत्रकारिता अध्ययन सुरु गरेको चेतना बताउँछिन् ।
मेजर अंग्रजी पढ्ने सोच बनाएरअघि बढेकी चेतना अहिले एमए पत्रकारितामा गोल्ड मेडलको उपाधि पाएकी मेधावी छात्रा हुन् ।
नम्बर र पासकोपछि नलागेर उत्कृष्ट हुनुपर्छ भन्ने दृढताकै कारण गोल्ड मेडल पाउन सफल भएको उनको भनाई छ ।
‘पढाइलाई कसरी हेर्ने । कसरी सिक्ने र पढ्नुपर्छ भने लाग्छ, तपाईले माक्स मात्रै होइन फराकिलो शैक्षिक यात्रा तयार गर्न सक्छ,’ चेतनाले भन्छिन्,‘समय दिएर पढौं, समयमा पढौं र समयमानै गन्तव्यमा पुग्यौं ।’
#चेतनाकुँवर #goldmedalist