६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

पर्यटन मन्त्रालयको जिम्मेवारी खेलकुदमन्त्री चौधरीलाई



संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई दिइएको छ।

पर्यटनमन्त्री बन्द्रीप्रसाद पाण्डे जमर्नीको बर्लिनमा आयोजित पर्यटन मेला इन्टरनेसनल बाेर्ड (आइटिबी बर्लिन– २०२५) र फ्रान्समा आयोजना हुने ७५औं अन्नपूर्ण दिवसको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्तान गरेपछि पर्यटन मन्त्रालयको जिम्मेवारी मन्त्री चौधरीलाई दिइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री चौधरीलाई सो मन्त्रालयको जिम्मेवारी दिएको मुख्यसचिव एकनारायण अर्यालले संसदलाई जानकारी गराएका छन्।

मन्त्री पाण्डे फागुन १८ गते जर्मनी प्रस्थान गरेको थिए।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार ००:००  ३ : ०४ बजे