२९ असार २०८२, आइतबार | Mon Jul 14 2025

लाङटाङ ट्रेल रनको उपाधि कुलुङ र रोकायाले जिते



रसुवा । लाङटाङ ट्रेल रन २०२५ को उपाधि सोलुखम्बुकम मिलन कुलुङले जितेका छन् । लाङटाङको क्यान्जिन भ्यालीबाट ३२ किलोमिटर लामो ‘लाङटाङ ट्रेल रन’ मा कुलुङले प्रथम उपाधि हासिल गरेका हुन ।

आज भएको दौड प्रतियोगितामा पुरुषतर्फ विशाल राई दोस्रो, अर्जुन कुलुङ राई तेस्रो, कृष्ण सिं बोगटि चौथो र गोपाल तामाङ पाँचौ भएको रसुवा नुवाकोट पर्यटन समाजले जनाको छ ।

यस्तै, महिला तर्फ सुनसरी रोकाया, दोस्रो लाक्पा निमा शेर्पा, तेस्रो निर्मला राई भएकी छिन् । यस्तै चौथो आङपुर्बा शेर्पा र पाँचौ प्रिया राई भएको समाजले जनाएको छ ।


प्रकाशित मिति : २५ जेष्ठ २०८२, शनिबार ००:००  ३ : १५ बजे