३० असार २०८२, सोमबार | Mon Jul 14 2025

डाङडुङे डाँडा फिल्म सिटिका लागि १ करोड, खेल पर्यटनका लागि १२ लाख



चरिकोट । बागमती प्रदेश सरकारले डाङडुङे डाँडामा फिल्म सिटिको पूर्वाधार निर्माण गर्न १ करोड ३५ लाख बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दराज काफ्लेले आइतबार बजेट सार्वजनिक गर्दै फिल्म सिटिका लागि सो बजेट विनियोजन गरिएको हो ।

यस्तै, दोलखा जिल्लामा साहसिक खेल पर्यटन सम्बन्धी सम्भाव्यता अध्ययनका लागि १२ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा दोलखा जिल्लाको अनलाइन पर्यटन पोर्टल निर्माणका लागिसमेत १० लाख बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार ००:००  ९ : ३४ बजे