६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

श्रावण २ र ३ गते ‘धिमे विशेष २०८२’ कार्यशाला हुने



काठमाडौं । डिस्करभ नेपाल डान्स थिएटर (डिएनडिटी) ले नेपाली लोकसंस्कृति र परम्परागत नृत्यको प्रवर्दन गर्नका लागि ‘धिमे विशेष २०८२’ राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ ।

डिएनडिटीले आगामी श्रावण २ र ३ गते काठमाडौं जडिबुटीस्थित म्याजेष्टिक इभेन्ट एण्ड बैंक्वेटमासो कार्याशाल गर्न लागेको हो । सो कार्यशालामा पाटन, ललितपुर र भक्तपुर क्षेत्रका नेवार समुदायको साँस्कृतिक पहिचान धिमे बाजाको विषयमा छलफल तथा अन्तक्र्रिया हुनेछ ।

सो कार्यशालाले धिमे नृत्य तथा शैलीको अध्ययन, अभ्यास र दस्तावेजीकरण गर्नुको साथै स्थानीय प्रतिभाको पहिचान र राष्ट्रिय स्तरमा प्रवद्र्धन हुने आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक नारायणी थापाका अनुसार सो कार्याशालाले परम्परागत वाद्ययन्त्र, पोशाक र नृत्यशैलीको संरक्षण, सांस्कृतिक सद्भाव र सामाजिक एकताको प्रवद्र्धन हुने छ । साथै नयाँ पुस्तालाई नवप्रवर्तनको अवसर प्रदान गर्दै सशक्तीकरण गर्ने थापाले जानकारी दिइन ।

डिएनडिटीका निर्देशक भावना कार्कीले धिमे विशेष २०८२ कार्यक्रमले परम्परागत कलाको संरक्षणसँगै नयाँ पुस्तालाई संस्कृति बुझन चेतना अभिवृद्धि गर्ने बताइन । कार्यक्रममा देशभरका लोकनृत्य अभ्यासक, विद्यार्थी, अनुसन्धानकर्ता तथा संस्कृति–प्रेमीहरूको सहभागिता रहने कार्कीले बताइन ।

सहभागी हुन इच्छुक व्यक्तिहरूले डिएनडिटीको आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमार्फत विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार ००:००  ९ : ३८ बजे