३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख मुनकर्मी विरूद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । पोखरा विमानस्थलका तत्कालीन आयोजना कार्यान्वयन प्रमुख विरूद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना कार्यान्वयन प्रमुख विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको

तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मी विरूद्ध मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

पदमा रहँदा २ करोड ५० लाख ३४ हजार ५१७ रूपैयाँ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दर्ता गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

’उनले अस्वाभाविक सम्पत्ति कमाएको आरोपमा अख्तियारले मुद्दा ल्याएको थियो। भर्खर दर्ता भयो,’ रेग्मीले भने।

उनले सरकारी सेवामा प्रवेश गरेको समय २०५४ सालदेखि २०८० सालसम्मको अवधिमा कमाएको सम्पत्तिमाथि अख्तियारले छानबिन गरेको थियो।

त्यो अवधिमा उनको र उनको परिवारले कमाएको वैध रकम तीन करोड ७३ लाख ८१ हजारर चार सय ४४ रूपैयाँ देखिएको अख्तियारको दाबी छ। तर उनको खर्च भने छ करोड २४ लाख १५ हजार नौ सय ६१ रूपैयाँ देखियो। कुल आयभन्दा बढी भएको खर्च २ करोड ५० लाख ३४ हजार ५ सय रूपैयाँको स्रोत नखुलेकाले त्यसलाई अख्तियारले गैरकानूनी भनेको हो।

मुनकर्मीले बिगो बराबर जरिवाना पनि तिर्नुपर्ने अख्तियारको दाबी छ। उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार १ देखि ३ वर्षसम्म कैद सजाय हुनुपर्ने पनि अख्तियारको माग छ।

उनले प्रचलित कानून बमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको, निजले मनासिव कारण बिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको तथा निजले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा सम्पत्तिहरू खरिद गरेको अख्तियारले बताएको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार ००:००  ११ : ४२ बजे