नेपाल पर्वतारोहण संघ (एनएमए)ले अन्नपूर्ण हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपाली सोनम वालुङ शेर्पालाई मरणोपरान्त सम्मान गरेको छ ।
हिमाल आरोहण गर्ने पहिलो व्यक्ति मौरिस हर्जोगद्वारा लिखित अन्नपूर्ण पुस्तकको नेपाली अनुवादको लोकार्पण समारोहमा एनएमले शेर्पालाई सम्मान गरिएको हो ।
आरोही शेर्पाे राष्ट्र र पर्वतारोहणको इतिहासमा उत्कृष्ट उपलब्धि र योगदान गरेको भन्दै एनएमले प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।
एनएमएका अध्यक्ष फुर गेल्जे शेर्पा र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संयुक्त रूपमा स्वर्गीय शेर्पाको परिवारका सदस्यलाई प्रशंसा पत्र हस्तान्तरण गरेका हुन् ।

मौरिस हर्जोगद्वारा लिखित अन्नपूर्ण पुस्तकमा विश्वको पहिलो ८,००० मिटर अग्लो चुचुरोको सफल आरोहणको इतिहास वर्णन गरिएको नेपाली भाषाको पुस्तक हो ।
फ्रान्सेली भाषामा लेखिएको सो पुस्तकलाई रिजेन्द्र श्रेष्ठ र अशोक शाक्यले नेपालीमा अनुवाद गरेका हुन् ।
सन् १९५० मा मौरिस हर्जोग र उनको टोलीले अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण गरेको ७५ औं वार्षिकोत्सवको सम्झनामा नेपालस्थित फ्रान्सेली दूतावासले पुस्तक विमोचन गरेका हुन् ।


