रसुवा — रसुवाको सदरमुकाम धुन्चे नजिकै अवस्थित मिनी गोसाईकुण्ड क्षेत्रमा १०८ वटा कलात्मक धारा निर्माण गरिने भएको छ। धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यसहित उक्त परियोजना अगाडि बढाइएको हो।
पुस १२ गते धुन्चे युवा समाजलगायत स्थानीय समुदाय र सरोकारवालाहरूको विशेष उपस्थितिमा परियोजनाको विधिवत रूपमा उद्घाटन गरिएको छ। यस आयोजनाले आन्तरिक तथा बाह्य धार्मिक पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीका अनुसार धारा निर्माणपछि मिनी गोसाईकुण्ड क्षेत्रको धार्मिक महत्त्व अझ बढ्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।


