१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पान्डे,महासचिवमा मुरलीधर जोशी



निजी वायुसेवाहरूको छाता संस्था वायुसेवा सञ्चालक संघको अध्यक्षमा कैलाश हेलिकप्टरका सञ्चालक प्रतापजंग पान्डे निर्विरोध निर्वाचित भएका छन्।

संघको प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका सञ्चालक निमानुरू शेर्पा, द्विपक्षीय उपाध्यक्षमा यती एयरलाइन्सका सिइओ सुवास सापकोटा र अन्य वायुसेवाबाट तृतीय उपाध्यक्षमा उमेश पनेरु, महासचिवमा मुरलीधर जोशी, सचिवमा बालकृष्ण पन्डित र कोषाध्यक्षमा रुपेश जोशी निर्वाचित भएका छन्।

संघको शुक्रबार राजधानीमा आयोजित २५औं वार्षिक साधारण सभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमितिका सदस्यहरूमा ओम हर्ष श्रेष्ठ, घनश्यामराज आचार्य, उमेश आचार्य, विनोद थापा, प्रज्वल थापा, मिलन महर्जन, नोभेलकुमार राजलवट र फुर्वा छिरिङ शेर्पा चयन भएका छन्।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार ००:००  १ : ३५ बजे