६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

पर्यटन बोर्ड र टानबीच दिगो पर्यटन पुनःउत्थानका लागि सम्झौता, पर्यटन मजदुरले रोजगार पाउँदै



काठमाडौं । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौंता भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे।

कोरोनाको पेण्डामिक समयमा पर्यटन क्षेत्रका मजदुरलाई राज्यले ध्यान दिन नसकेको समयमा पर्यटन बोर्डले करिव१ लाख म्याण्डेजको काम खोज्नु आफैँमा उदाहरणीय काम भएको बताए । उनले नेपालको प्रवद्र्धन गर्ने क्रममा एउटै शैलि र प्रकृतिबाट गर्नका लागि समेत अनुरोध गरेका थिए । प्रमुख कार्यकारी अधिकृत रेग्मीले यसका लागि विस्तृत छलफल गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे ।

उपाध्यक्ष रिजालले राज्यले ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैमा उदाहरणीय काम भएको बताए ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष रिजालले भने, ‘हाम्रो गल्ती छ भने हामीलाई सुझाव दिनुपर्यो हामीलाई भन्नुपर्‍याे, हामी सुध्रिन्छौँ । तर, नेगेटिभ टिप्पणी मात्रै गर्नुभन्दा अगाडि आज राज्यले नै त्यति ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याडेजसम्मको काम खोज्नु भनेको आफैमा एउटा उदाहरणीय काम हो जस्तो मलाई लाग्छ । प्रचारप्रसारमा पनि हामी लागि परिरहेका छौँ, कोरोनाको यस्तो बेलामा पनि पहिलाभन्दा अझै अग्रसर भएर काम गरिरहेका छौँ ।’

कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगत रुपमा काम गरिरहेको बताए । उनले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमिकहरूको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए । पर्यटन बोर्डसँगको यो सम्झौताको काम टानले दत्तचित्त गर्ने बताउँदै अध्यक्ष सुवेदीले सबै साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानको हातमा रहेको बताए ।

अध्यक्ष सुवेदीले भने, ‘हामी नेपााल टुरिजम बोर्डसँग डाइरेक्ली नै इन्भल्व छौँ, हरेक दिन जस्तो यसम्बन्धी विभिन्न विषयवस्तुमा मिटिङ गरिरहेका छौँ, हामी ढिला होइन, ज्वाइन्ट रुपमा काम गरिरहेका छौँ, हिरोको रोल पछि हुन्छ भनेझैँ टानले आफ्ना गतिविधिमा सबै श्रमीक साथीहरुसँग सहकार्य गर्दै आएर अन्तिममा अरु साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानले गरेको छ, हामीले सम्पूर्ण पर्यटसँग रिलेटेड श्रमिकहरुलाई रोजगारी दिनुपर्नेछ, त्यसले टान पनि एउटा पात्र भएको हुनाले टानले यो सम्झौता गरिरहेका छौँ, खासगरी नेपाल टुरिजम बोर्डसँग सहकार्य र रिलेशन बढाउने कुरोमा अहिलेको टानको कार्यसमिति दत्तचित्त भएर लाग्नेछ, तपाईहरुले गरेको कामहरुमा दाहिने हात भएर अगाडि बढ्नेछ, टानको अहिलेको कार्यसमितिको समयवधि केही समय मात्र बाँकी छ, तर आउने कार्यसमितिले पनि हाम्रा गाइडलाइन, पदचापलाई फलो गर्नेछन्, यस अर्थमा पनि हामीले सम्पूर्ण टीमको तर्फबाट यो कार्यक्रमलाई अघि बढाउनेछौँ ।’

अध्यक्ष सुवेदीले टानले अब ढिला नगरीकन नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने बताए । टानले के गर्यो भन्ने प्रश्न आइरहेको बताउँदै अध्यक्ष सुवेदीले टान सम्बन्धित सबै निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

टानका महासचिव सरिता लामाले कोरोनाकोबीचमा पनि टानले सकेको काम गरिरहेको जानकारि दिइन । युनडिपि र पर्यटन बोर्डबीचको सहकार्यले पर्यटन मजदुरलाई ठूलो राहत हुने बताइन । उनका अनुसार आज भएको सम्झौताले तीन हजार मजदुरले रोजगारी पाउने छन ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार ००:००  ३ : ४२ बजे