२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बौद्ध क्षेत्रमा मेगुलिङ किचनले चर्चा बटुल्दै : यस्तो छ, परिकारसहितको मेनु



काठमाडौं । नाम युनिक छ । खानाको परिकारसँगै यहाँ के के पाइन्छ होला ? आम रुपमा उत्सुकता जगाउने रेष्टुरेन्टको नाम नै ‘मेगुलिङ किचन’ छ ।

पक्कै पनि यहाँ केही अर्गानिक पाक्छ र खाना पाइन्छ । हो, यस्तै परिकार र स्वाद लिन पाइन्छ । यो ठाउँ हो, बौद्ध टाउन प्लानिङमा रहेको बिजनेश कम्पलेक्स मार्केटस्थितको रेष्टुरेन्ट ।

कोरोना कहरको बीचमा रामेछाप दोरम्बाका प्रकाश योञ्जनले सुरु गरेका हुन् । युवा उद्यमीका रुपमा उदाउँदै गरेका प्रकाशले नै तामाङ भाषाको मेगुलिङ(अगेना) नामबाट युनिक नाम करणसहितको ‘मेगुलिङ किचन’ शुरु गरेका हुन् ।

बौद्ध नगर विकास समितिको क्षेत्रभित्र खोलिएको यो रेष्टुरेन्टमा करिव १४ लाख लगानी भएको सञ्चालक प्रकाशको भनाइ छ ।
अर्गानिक खाना डिढो खुवाउने उदेश्य सहित विभिन्न खानाको परिकारको साथै पेय पदार्थ शुलभ मुल्यमा पाईने प्रकाशले टुरिजम मिडिया नेटवर्कलाई जानकारी दिए ।

जिमहल सहितको कम्प्लेक्समा सञ्चालन भएको मेगुलिङले गाउँमा उत्पादन भएको अर्गानिक पिठोको ढिडो खुवाउने गरेका छन् । यसकारणले पनि यस क्षेत्रमा मेगुलिङले चर्चा चुलिएको हो । साथै आवश्यकता र इच्छा अनुसारको खाना खाजा र पेय पदार्थहरु समेत पाइन्छ ।

मगर लामो समयदेखि रेष्टुरेन्ट क्षेत्रमा आवद्ध रहेका छन् । मेगुलिङ किचनमा पाइने परिकारको मेनु यस्ता छन् :

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार ००:००  ६ : ३९ बजे