२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

पत्रकारिता गर्नको लागि अब नयाँ पत्रकारले लाइसेन्स लिनुपर्ने



काठमाडौ,। पत्रकारिता गर्न चाहने अब नयाँ पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमाथि छलफलका क्रममा नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको हो ।

तर हाल कार्यरत पत्रकारले भने लाइसेन्स परीक्षा दिनुपर्ने छैन । पुरानाका हकमा सूचना विभागको कार्ड नै लाइसेन्स मानिनेछ । पुराना परिचयपत्र आदिका आधारमा पनि पुरानाले पत्रकारिता गर्न पाउनेछन् ।

समितिमा भएको सहमतिअनुसार विधेयकको दफा १७ मा पत्रकारको लाइसेन्स परीक्षा दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्था राखिनेछ । जसमा पत्रकारको रुपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन सोको सामान्य व्यवसायिक पत्रकारिता, पाठ्यक्रम मिडिया काउन्सिलले तोके बमोजिम हुने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ००:००  ११ : ०१ बजे