२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

विश्वकै दोस्रो अग्लो बञ्जीको सफल परीक्षण



पर्वत ।अग्ला र लामा झोलुङ्गे पुलका जिल्ला भनेर चिनिने पर्वत र बागलुङको बीचमा बग्ने कालीगण्डकी नदीमाथि बनेको बञ्जी जम्पको सफल परिक्षण भएको छ ।

पर्वतको सदरमुकाम कुस्मा बजारदेखि बागलुङ नगरपालिकाको बलेवा जोड्ने उक्त पुलमाथि निर्माण भएको ‘द क्लिफ बञ्जी’ विश्वकै दोस्रो अग्लो बञ्जी जम्प हो ।

द क्लिफ नेपाल प्रालिले २० करोडको लागतमा निर्माण गरेको उक्त बञ्जीको श्रीपञ्चमीको शुभसाइत पारेर सफल परिक्षण गरिएको हो । विश्वकै लामो झोलुङ्गे पुलमा निर्माण भएको बञ्जीमा प्रभु बैंकको समेत ऋण सहयोग रहेको छ ।

एशियाकै नमुना पुलमा गनिएको कालिगण्डकी नदिको खोँचमा बनेको उक्त झोलुङ्गे पुलको लम्बाई ५२५ मिटर रहेको छ भने खोलादेखि पुलको उचाई २२८ मिटर ९७४८फुट० रहेको छ । पोखरा देखि ५५ कि।मी।को दुरीमा पर्ने कुस्माको उक्त पुलको डिजाइन भने आर। एण्ड डी। सेन्टर प्रालिका आर।के। मल्लिकले गरेका हुन् ।

हाल विश्वकै अग्लो बञ्जी मकाउमा ७६४ फिट उचाईमा रहेको छ । त्यसैगरी, स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा रहेको बञ्जी हालसम्म दोस्रो अग्लो बञ्जीको रुपमा रहे पनि कुस्मामा बनेको बञ्जी ७४८ फिट उचाइमा बनेसँगै स्वीट्जरल्याण्डको बञ्जी विश्वको तेस्रो अग्लो बञ्जीमा परेको छ ।

राताेपाटीबाट 

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ००:००  ५ : १३ बजे