६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

नेपाल एयरलाइन्सका पाइलटसहित ६ कर्मचारी ग्राउन्डेड



नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजका चालक दलसहित ६ जनालाई नेपाल ग्राउन्डेड गरेको छ।

विमानको लोड सिटमा क्षमताभन्दा बढी सामान बोकेको भन्दै प्राधिकरणले चालक दलका तीन सदस्यसहित ६ जनालाई उडान र काममा प्रतिबन्ध गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

उनका अनुसार सोमबार ताप्लेजुङबाट काठमाडौं उडान भरेको ट्विनअटर ९ एन-एबिटी विमानमा लोड सिटमा क्षमताभन्दा १ सय ७ पाउन्ड बढी सामान बोकेको पाइएको थियो।

‘निगमको विमानले बोक्न पाउनेभन्दा बढी सामान ल्याएको पाइएपछि अर्को निर्णय नहुन्जेलसम्म ६ जनालाई ग्राउन्डेड गरिएको छ। थप छानबिन अघि बढाइएको छ,’ सूचना अधिकारी भुलले भने।

उनका अनुसार विमानका पाइलट, कोपाइलट, एयर-होस्टेस, लोड मास्टर, डिस्प्याचर र ताप्लेजुङका ग्राउन्ड स्टाफसहित ६ जनालाई ग्राउन्डेड गरिएको हो।

त्यस्तै विमानमा सवार १५ जना यात्रुमध्ये १० जना महिला र ५ जना महिला थिए। तर काठमाडौंमा ग्राउन्ड स्टाफले हेर्दा ९ महिला र ६ पुरुष भेटिएको हो। उक्त विमानले एक पुरूष यात्रुलाई महिला यात्रुका रूपमा यात्रा गराएको पाइएको सूचना अधिकारी भुलले बताए।

यसबारे पनि थप छानबिन भइरहेको उनले बताए।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार ००:००  ९ : ५९ बजे