काठमाडौँ । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले ४५ औ बौद्ध दर्शन अध्ययन भ्रमण गराएको छ ।समितिको चालु आर्थिक वर्षमा ४५ औ बौद्ध दर्शन अध्ययन भ्रमण समितिका अध्यक्ष फूपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) को नेतृत्वमा लामा गुरु तथा आनीहरुको सहभागिता रहेका थिए ।
गत चैत्र २३ गतेबाटसुरु भएको कार्यक्रम एक हप्ताको रहेको थियो । समितिले हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेका गुम्बाहरूको भ्रमण गराएको थियो । भ्रमण पश्चात् सहभागीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलद्धारा कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै समितिका कार्यकारी निर्देशक होम बहादुर दोङ्द्वारा राष्ट्रपति पौडेललाई मायाको चिनो शान्तिको प्रतीक बुद्धको मूर्ति प्रदान गरिएको थियो।
एक हप्ते भ्रमण कार्यक्रममा ११ जिल्लाबाट १९ जना लामा गुरु र ३ जना आनीहरुसहित २२ जनाको सहभागिता रहेका थियो । भ्रमणका क्रममा सहभागीहरूले मुस्ताङको ऐतिहासिक, धार्मिक गुम्बाहरूको अध्ययन, अवलोकन गर्नुभएको थियो । मुक्तिनाथ, ठिनी यङ्टुक गुम्बा, चुङ्सी केभमा रहेको चुङ्सी गुम्बा, चेराङमा रहेको नेपालको नै सबैभन्दा पुरानो लघेगर गुम्बा, चेराङ दरबारसङैरहेको ऐतिहासिक कुङानिम्बु गुम्बा , लोमान्थाङ दरबारर त्यहाँका
गुम्बाहरू‚कागबेनीमा रहेको कागछोडे थुप्तेन सम्तेलिङ गुम्बा रजोमसोममा रहेको चेछेन कुङ्गा छोखोर्लिङ गुम्बा र मार्फामा रहेको मार्फा
साम्तेलिङ गुम्बाको अवलोकन गरिएको कार्यक्रम संयोजक एवं समितिका योजना अधिकृत सन्जु योङ्गयाले जानकारी दिइन् । त्यस्तै नेपाल र तिब्बतको सिमाना कोरेला नाका सम्मपुगेको संयोजक योङ्गयाले बताइन् ।
राष्ट्रपति पौडेलद्धारा कदर पत्र प्रदानगर्दै बौद्ध धर्म विश्वमा नै फैलिएको छ । तपाई लामा गुरु तथा आनिहरु देश दर्शन गरी आउनुभएकोमा धन्यवाद व्यक्त गरिएको थियो । साथै राष्ट्रपतिबाट लामा गुरु तथा आनिहरुलाई दक्षिणा समेत प्रदान गरिएको थियो।
समितिले प्रत्येकवर्ष लामा गुरु र आनीहरुलाई देश दर्शनमा लैजाने समितिका कार्यकारी निर्देशक दोङले जानकारी दिए । उनले गत वर्ष पनि मुस्ताङ नै भ्रमण गराइएको बताए ।