२४ मंसिर २०८०, आइतबार | Mon Dec 11 2023

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि दोलखामा रेफ्री तालिम हुने



चरिकोट । जिल्ला खेलकुद बिकास समिति दोलखाले जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० भव्यताको साथ गर्ने निर्णय गरेको छ ।

दोलखाका सात वटा गाउँपालिका र दुई नगरपालिकाका शैक्षिक संस्थाका प्रअ, खेल शिक्षकहरुसँगको बैठकबाट ‘राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८०’ भव्यताको साथ गर्ने निर्णय गरिएको हो ।

जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरि शिबाकोटीले यो वर्षको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्य ढंगले जिल्लामा गर्ने तयारी थालेको जानकारी दिए ।

‘गत वर्षहरुमा पनि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भएको थियो । यो वर्ष झन विशेष गर्नेछौं,’ समितिका अध्यक्ष शिबाकोटीले भने,‘जिल्लाको खेलकुदलाई सशक्त बनाउने उदेश्यका साथ स्थानीय तहका प्रमुखहरुसँग समन्वय भइरहेको छ ।’

राष्टपति रनिङ्ग शिल्ड निर्देशिका संशोधन सहित सबै स्थानिय तहले प्रतियोगिता हु–बहु कार्यन्वयन गर्ने बताइएको छ ।
साथै, राष्ट्रपति रनिङ्ग शिल्डलाई सहयोग पुग्ने उदेश्यका साथ ९ वटै स्थानिय तहका २/२ जनालाई मंसिर ७ गतेदेखि तीन दिने रेफ्री तालिम आयोजना गरिएको अध्यक्ष शिबाकोटीको भनाई छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार ००:००  २ : ३४ बजे