२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

हिमालय एयरलाइन्सले सुरू गर्‍यो काठमाडौं–सांघाई उडान



काठमाडौं। हिमालय एयरलाइन्सले शनिबार काठमाडौं–सांघाई–काठमाडौं उडान उद्घाटन गरेको छ। यो सेवा विस्तारलाई एयरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको बताएको छ।

पहिलो आउटबाउन्ड उडान, एच९ ७८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः५० मा प्रस्थान गरेको थियो र सांघाइकोे सांघाई पुडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ४ः३१ बजे अवतरण गरेको छ।

यस उडानको अवधि ४ घण्टा ७ मिनेटको रहेको छ। पहिलो उडानमा कुल यात्रु संख्या एक सय ३८ रहेको थियो।

सुरूमा हरेक शनिबार मात्र उडान सेवा सञ्चालन गर्ने योजना रहे पनि डिसेम्बर २० देखि हरेक बुधबार र शनिबार गरी हप्तामा दुई पटक उडान सेवा विस्तार गर्ने एयरलाइन्सको योजना रहेको छ।

यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एयरलाइन्सको यो तेस्रो सिधा उडान सेवा हुनेछ। एयरलाइन्सले यस अघि नै बेइजिङ र छिन्ताओमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार ००:००  १२ : ५९ बजे