७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नेपालगञ्जबाट कैलाश मानसरोवरमा श्री एयरलाइन्सको उडान सुरु



काठमाडौं। श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवरमा उडान सुरु गरेको छ।

नेपालको इतिहासमै पहिलोपटक एयरलाइन्सको ‘सिआरजे नाइनएन एमबी’ विमानले नेपालगञ्ज विमानस्थलबाट मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको हो।

एयरलाइन्सले सोमबार प्रेस नोट नारी गर्दै नेपाली भू-भागबाट कैलाश पर्वत तथा मानसरोवर उडान गरेको यो नै पहिलो रहेको जनाएको छ।

श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो।
क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो।

नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशी लगायत धार्मिक पर्यटकहरू आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धि हुने विश्वास रहेको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए।

प्रबन्धक मानन्धरका अनुसार नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौंमा ल्याइ पशुपतिनाथ दर्शन गराउने योजना रहेको छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार ००:००  ३ : १३ बजे