८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

हिमालय सीमापार वाणिज्य संघको सचिवमा ६७२ मतसहित श्रेष्ठ निर्वाचित



चरिकोट । नेपाल हिमालय सीमापार वाणिज्य संघको सचिवमा व्यवसायी सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् । संघको १२औं अधिवेशनमा श्रेष्ठले ६७२ मतसहित सचिव पदमा निर्वाचित भएका हुन् ।

भीमेश्वर नगरपालिका ५ नम्बर वडाका स्थानीय श्रेष्ठ महाबौद काठमाडौंमा दुई दशकदेखि व्यवसाय गर्दै आएका छन्।

व्यवसायीहरुको साझा एजेन्डा, चीनसँगको नाका समस्या र समाधानको विकल्प र संघलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने उनको प्रतिक्रिया छ ।

श्रेष्ठ यसअघि संघको सदस्य रहेको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ००:००  ९ : ०८ बजे