२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

टानको वर्तमान अवस्था र सुधारको आवश्यक्ता



ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) देशका पर्यटन व्यवसायीहरुको छाता संगठन हो । जसले व्यवसायीहरुको हकहित संरक्षण, सेवा सुविधा प्रदान, र नेपाल सरकारसँग सहकार्य गरी नेपाल भ्रमणलाई सहज र सुगम बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ।

टानको मुख्य उद्देश्य पर्यटन उद्योगको समग्र विकास र नेपालको आर्थिक वृद्धिमा योगदान गर्नु हो। तर, विगत केही वर्षयता टानको भूमिका परिवर्तन हुँदै गएको देखिन्छ।

अहिले टान राजनीति सिक्ने केन्द्रको थलो बन्दै गएको छ। व्यवसायीहरु लाखौं, करोडौं खर्च गरेर अध्यक्ष बन्ने होडबाजीमा छन्। यसले गर्दा संगठनको वास्तविक उद्देश्य र कार्यमा कमी आएको छ। व्यवसायीहरु आफ्नो स्वार्थपूर्तिका लागि विभिन्न राजनीतिक दलहरूसँग मिलेर चुनाव लड्न लागेका छन्। यस्तो प्रवृत्तिले टानको मूल उद्देश्यलाई क्षति पुर्याइरहेको छ।

टानको अध्यक्ष बन्ने व्यक्ति पर्यटन सम्बन्धी दक्ष हुनुका साथै कुनै विषयमा मास्टर गरेको हुनु आवश्यक छ। उनीहरूले बिगतका अध्यक्षहरु भन्दा फरक र गुणस्तरीय दृष्टिकोण राख्नु जरुरी छ।

हामीले व्यवसायीहरुको हकहितलाई प्राथमिकता दिनुपर्नेमा वर्तमान संरचनाले यसको ठीक विपरीत कार्य गरिरहेको छ। टानले व्यवसायीको हकहित संरक्षण गर्नुपर्ने हो भने, पर्यटन उद्योगलाई ठगाहा बाटो मुक्त बनाउनुपर्ने हो। जसरी भूटानले समान नीतिनिर्माता गरी सबैलाई सेवा सुविधा प्रदान गरेको छ, त्यसरी नै नेपालमा पनि सर्वसाधारणले सजिलै भ्रमण गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ।

सारांशमा, टानलाई राजनीति सिक्ने केन्द्रको थलो होइन, व्यवसायीहरुको वास्तविक हकहित संरक्षण गर्ने र नेपालको पर्यटन उद्योगलाई गुणस्तरीय बनाउने संस्था बनाउनुपर्ने आवश्यकता छ। पर्यटन सम्बन्धि दक्षता, अनुभव र गुणस्तरीयता भएका व्यक्तिहरु नै नेतृत्वमा आउनुपर्छ, ताकि संगठनको मूल उद्देश्य पुनः स्थापित हुन सकोस्।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार ००:००  १० : ४६ बजे