चरिकोट । धार्मिक तथा पर्यटकीय स्थल शैलुङको प्राकृतिक सुन्दरतामा ‘मिनी ग्रटवाल’ अर्को आकर्षणको केन्द्र बनेको छ । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ग्रेटवाल पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको हो ।
शैलुङमा ग्रेटवाल हेर्न, ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न आन्तरिक तथा बाह््य पर्यटकहरुको संख्यामा वृद्धि हुन थालेको छ । पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धन गर्नका लागी मिनी ग्रेटवाल निमार्ण गरिएको हो ।