४५ औं विश्व पर्यटन दिवसको अवसरमा विभिन्न संस्था र व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
विभिन्न विधागत क्षेत्रअनुसार हिमालय इन्काउन्टर प्रा.लि. सीता वल्र्ड ट्राभल प्रा.लि. ,एभरेस्ट हस्पिटालिटी एण्ड होटल, हिमालन स्काइ ड्राइभ प्रा.लि. नेपाल वायुसेवा निगम , अमेरिकी राजदूतावास ,सिन्तामणी रिसोर्ट मुस्ताङलाई सम्मान गरिएको थियो ।
यस्तै स्व. शेर बहादुर पाण्डे र स्व.अम्बिका श्रेष्ठलाई (मरणोप्रान्त) सम्मान गरिएको छ । सम्मानित हुने अन्य व्यक्ति तथा संस्थाहरुमा होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह , नेपाल एशोसिएसन अफ राफ्ििटङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारी, नीमा रिन्जी शेर्पा, फुन्जो झान्बो लामा , पूर्णीमा श्रेष्ठ, रेस्क्यु छिरिङ पान्डे भोटे , आङ्टासी शेर्पा ,क्याप्टेन विवेक खड्का ,रविन्द्रमान सिंह प्रधान, सि छुई, सरोज भाटिया,फुर्पा शेर्पा, निम बहादुर मगर, मीन बहादुर भाम, बुद्ध एअर, प्रिप्रहर सामुदायिक होमस्टे ग्राम नवलपरासी रहेका छन् ।
यसैगरी टानले सबैभन्दा बढि टिक्स कार्ड बेच्ने पाँच वटा कम्पनीलाई पनि सो अवसरमा सम्मान गरिएको छ । सम्मानित हुने कम्पनीहरुमा रोयल माउण्टेन प्रा.लि., रााइका टुर्स एण्ड टे्रक, इन्टरनेशनल टे्रर्कस, थ्रि सिस्टर्स एडभेन्चर र डिभाइन इन्टरनेशनल रहेका छन् ।
यसैगरि गाउँ पर्यटन प्रर्वद्धन मञ्च नेपालले तीन वटा होमस्टेलाई वर्ष पर्यटन गाउँ घोषणा गरेको छ । जसमा संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका ३ त्रिवेणी बजारमा अवस्थित सभापोखरी सामुदायिक होमस्टे, धादिङ्ग जिल्लाको वेनीघाट रोलाङ्ग गाँउपालिका ८ चैलिङ्ग गाँउ स्थित चैलिङ्ग सामुदायिक होमस्टे, गल्मी जिल्लाको चन्द्रकोट गाँउपालिका वडा नं ४ स्थित टिमुरे सामुदायिक होमस्टे रहेका छन् ।