१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

मनै लोभ्याउने थोरङला पास (फोटो फिचर)



विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास आफैमा प्रसिद्ध पर्यटकीय क्षेत्र हो ।

समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाइमा रहेको थोरङला पास पार गर्न विश्वभरबाट बर्सेनि हजारौं पर्यटक नेपाल आउँछन् ।

लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भूलभूले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।
पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४ सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार ००:००  १ : २८ बजे