चरिकोट । विगु गाउँपालिका १ स्थित बुलोक पोखरीको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको छ । मान्छे बोलेको सुनेपछि आफै उम्लने पोखरीको चर्चा स्थानीय तहमा रहेपनि प्रचार प्रसार हुन सकेको छैन ।
देउलाङगेश्वर महादेवबाट २ किलो मिटरमाथि उक्त पोखरी स्थानीयले लामो समयदेखि देख्दै चोखो ठाउँ भेनर पूजा पाठ गरेपनि यसको विषयमा अध्ययन अनुसन्धान हुन नसकेको वडा अध्यक्ष मेम्बा तामाङले जानकारी दिए ।
‘देउलाङगेश्वर मन्दिर नजिकै छ । यहाँ अच्चमको पोखरी पनि छ,’ वडा अध्यक्ष तामाङले भने,‘यो धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसको प्रवद्र्धन गर्न जरुरी छ।’
प्रचार प्रसार र प्रवद्र्धन हुन नसक्दा बुलक पोखरी ओझेलमा परेको वडा अध्यक्ष तामाङको भनाई छ । स्थानीयले सो पोखरीलाई धार्मिक कुण्डको रुपमा समेत पूज्ने गरेका छन् ।


