१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

तामाङ पत्रकार संघ काठमाडौंमा हिरोज



काठमाडौं । तामाङ पत्रकार संघ काठमाडौं शाखाको अध्यक्षमा हिरोज लोप्चन सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएका चौथो अधिवेशनले लोप्चनलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

दोलखाका लोप्चन पत्रकारितासँगै कलाकारिता क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन् ।

संघको उपाध्यक्षमा किशोरी लामा, सचिवमा रोशन लाम, सहसचिवमा रामबहादुर तामाङ , कोषाध्यक्षमा सुशिला तामाङ चयन गरिएको छ ।

यस्तै, सदस्यहरुमा सीमा तामाङ, रीना मोक्तान, वीरमान बल रहेका छन् । बाँकी तीन जना सदस्य मनोनित गरिने बताइएको छ ।

यसैगरी अधिवेशनमा ‘तामाङ मिडिया अवार्ड’बाट इकान्तिपुरमा कार्यरत रीना मोक्तानलाई सम्मान गरिएको थियो । त्यस्तै तामाङ पत्रकार संघ काठमाडौं शाखाका संस्थापक अध्यक्ष युनिकरक्षे ग्लान र रेडियो सिन्धुकर्मी अस्मी स्याङ्तानलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार ००:००  ९ : ०२ बजे