६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

पाँचौँपटक सगरमाथा आरोहण गरेर काठमाडौं फर्किइन् पूर्णिमा



सोलुखुम्बुः फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँपटक आरोहण गरेर काठमाडौं फर्किएकी छिन्। उनी आज बिहान लुक्लाबाट काठमाडौं आइपुगेकी हुन्।

उनले आइतबार बिहान ३ बजेर ३७ बजे पाँचौँ पटक सगरमाथा शिखर चुमेकी थिइन्। उनी सतोरी एड्भेञ्चर प्रालिमार्फत सगरमाथा चढेकी हुन्।

यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन्।

त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायतका हिमाल आरोहण गरिसकेकी छन्।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार ००:००  ७ : २९ बजे