काठमाडौं । नेपाली लोकसंस्कृति र परम्परागत नृत्यशैलीको संरक्षण तथा प्रवद्र्धनका लागि आयोजित ‘राष्ट्रिय लोक नृत्य कार्यशाला २०८२’ सुरु भएको छ । सो कार्यशालाको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले गर्नु भएको थियो।
शिक्षा मन्त्री पन्तले राष्ट्रियस्तरमा हुने यस्ता कार्यशालाले राष्ट्रिय पहिचानलाई मजबुत बनाउनका साथै युवाहरूमा मौलिकता र संस्कृतिप्रति जागरूकता बढाउने बताउनु भयो ।
साथै, नृत्य शिक्षालाई औपचारिक शिक्षा प्रणालीसँग समावेश गर्ने विषयमा मन्त्रालयले लाग्नेसमेत बताउनु भयो ।
शिक्षा मन्त्री पन्तको महत्वपूर्ण मन्तव्यले सहभागी कलाकार, प्रशिक्षक, विद्यार्थीहरुमा उत्साह थपिएको कार्यक्रमका निर्देशक भावना कार्की भनाइ थियाे ।

देशभरका विभिन्न जिल्लाबाट आएका नृत्य प्रशिक्षक, विद्यार्थी तथा लोक कलाकारहरूको सक्रिय सहभागितामा कार्यशाला उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ ।
कार्यशालामा विविध लोकनृत्य शैलिहरूको प्रस्तुति, प्रशिक्षण र अन्तक्र्रिया कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भएका छन्।
राष्ट्रिय लोक नृत्य कार्यशाला २०८२ ले नेपाली सांस्कृतिक सम्पदाको उज्यालो भविष्य सुनिश्चित गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।


