७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

लोकनृत्य प्रतिभाहरूलाई जनही २५ हजारसहित सम्मान



काठमाडौं । डिस्कभर नेपाल डान्स थिएटर (डिएनडीटी)ले लोकनृत्यको प्रवर्द्धनमा योगदान पुर्‍याएका चारजना नृत्य शिक्षकलाई युवा प्रतिभा पुरस्कारद्वारा सम्मान गरेको छ। दोस्रो राष्ट्रिय लोकनृत्य कार्यशाला (धिमे विशेष)–२०८२ को अवसरमा उनीहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्दै युवा प्रतिभा पुरस्कारद्वारा सम्मान गरिएको हो।

शिक्षामन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षक सीता सुवेदी, नविन गुरुङ, हेमराज गजमेर र सागर जंग केसीलाई सम्मानित गरिएको थियो।

कार्यक्रममा मन्त्री पन्तले लोकनृत्य जस्तो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा यस्तो किसिमको कार्यशाला महत्वपूर्ण हुने बताउँदै, प्रतिभाहरूको सम्मान गर्नु आफैंमा गौरवको विषय भएको उल्लेख गरे।

डिएनडीटीले आयोजना गरेको यो कार्यशाला नेपाली सांस्कृतिक धरोहरको संरक्षणमा एक सकारात्मक कदमको रूपमा लिइएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, बिहिबार ००:००  १ : ४० बजे