६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

डिएनडिटीद्वारा परम्परागत लोकनृत्य अनुसन्धानकर्तालाई सम्मान



काठमाडौं । डिस्कभर नेपाल डान्स थिएटर (डिएनडिटी) ले परम्परागत लोकनृत्य क्षेत्रका चारजना अग्रणी अनुसन्धानकर्ता तथा विज्ञलाई सम्मान गरेको छ।

डिएनडिटिले ‘दोस्रो राष्ट्रिय लोकनृत्य कार्यशाला-२०८२ (धिमे विशेष)’ को अवसरमा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई सम्मान गरेको हो।

सम्मान प्राप्त गर्नेहरूमा मध्यपुर थिमिका वरिष्ठ लोकनृत्य प्रशिक्षक श्रीगोपाल प्रजापति, भक्तपुरका वरिष्ठ संगीत प्रशिक्षक तथा अनुसन्धानकर्ता मुक्तिसुन्दर जधारी, ललितपुरका वरिष्ठ नृत्य निर्देशक तथा लोकनृत्य विशेषज्ञ मोहन व्यञ्जनकार, र काठमाडौंका वरिष्ठ परम्परागत बाजा प्रशिक्षक शेष नारायण महर्जन रहेका छन्।

उक्त सम्मान कार्यक्रम शिक्षामन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। चारैजना व्यक्तित्वलाई परम्परागत कलाको संरक्षण र प्रवर्द्धनमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो।

प्रकाशित मिति : ९ श्रावण २०८२, बिहिबार ००:००  २ : १८ बजे