२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

एक चट्टान, धेरै भावनाः श्रावणको देउढुङ्गा यात्रा



मनिल दाहाल

धार्मिक रुपमा श्रावण महिना हिन्दू धर्ममा अत्यन्तै पवित्र र धार्मिक रुपमा महत्वपूर्ण मानिन्छ। यो विशेष गरी भगवान् शिवको आराधना गर्ने महिना हो। हिन्दू समाजमा श्रावण महिनालाई धेरै श्रद्धा, पूजापाठ गर्ने समयको रूपमा लिइन्छ। यही समयमा हाम्रो टिमले एउटा निर्णय गर्यो: आफ्नै जिल्ला दोलखाको एक महत्त्वपूर्ण धार्मिक स्थल, देउढुङ्गाको यात्रा गर्ने।

देउढुङ्गा दोलखा जिल्लाको बिगु गाउँपालिका वडा न.७ मा अवस्थित एक धार्मिक तीर्थस्थल हो । धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले यो स्थल विशेष महत्व राख्दछ । सोहि देउढुङ्गा धार्मिक स्थल पुग्नको लागि दुइवटा रुट रहेको छ ।
पहिलो रुट चरिकोट –कुरि– ठिङ्साङ हुदै देउढुङा र दोस्रो रुट चरिकोट –सिगटि – सोरुङ– बिगुगुम्बा हुदै देउढुङा रहेकोछ ।
दुइवटै रुटमा सडक र पैदल यात्रा गर्नु पर्ने रहेछ ।

हाम्रो टिम सडक मार्ग र पैदल यात्रा दुबैबाट जाने तय भयो । टिम ले चरिकोट –सिगटि – सोरुङ– बिगुगुम्बा हुदै देउढुङा मार्ग रोज्यौ । हामी ६ जना साथीहरू ३ वटा बाइकमा चरिकोट बाट १२ः३० तिर जाने सल्लाह भयो। हरेकको बोझ फरक, तर गन्तव्य एउटैः देउढुङ्गा।

जहा सडक मार्ग हुदै ३ वटा बाइकमा चरिकोट –सिगटि –खोपाचागु – हुदै बिगु गुम्बा पुग्यौ ।हामि पुग्दा अलि साझ नपरेकोले गुम्बा को नजिकैको गाउतिर घुमफिर गर्न मन लाग्यो । मलाई कौतुहोल्ता थियो देउढुङा के हो कस्तो हो र जनबिस्वाश के हो भन्ने थियो। सोहि क्रममा एक स्थानियसँग भेट भयो र उनको भनाइ अनुसार देउढुङ्गामा सेती देवी(आपा–क्युकुलुक) भनेर चिनिने देउथान छ ।

कालिञ्चोक भगवतीको दिदीबहिनी भनेर देउढुङ्गालाई भनिने किम्बदन्ती पनि रहेछ्।देउढुंगा हुदै पहिले –पहिले मानिसहरु भोटमा नुन लिन जाँदा आउँदा देउढुङगामा सिक्का पैसा चढाउने गर्थे रे सिक्का पैसा धेरै भएपछि बाटो हिड्ने बटुवाहरुले जम्मा भएको पैसा झिकेर लानको लागि देउढुङ्गाको शिरमा जाने बाटो÷भर्याङ बनाएको छ। सोहि बाटो भएर जब मानिसहरु सिक्का निकाल्ने जान्थे तब शिरमा सिक्का देखिदैनथ्यो जब मानिसहरु ओर्लिएर अलि माथि डाडाबाट फेरि हेर्थे त्यहा सिक्का देखिन्थ्यो।
त्यस पश्चात मानिसहरूले देउढुंगामा अदभुत शक्ती रहेछ भन्दै ति सिक्काहरु ननिकाल्ने र त्यसलाई पुजा गर्ने भन्ने कुरा मा बिश्वस्त हुन पुगे ।तद्पश्चताप प्रत्येक वर्स श्रावण शुक्ल पूर्णिमाको दिन ठूलो मेला लाग्छ । भन्ने कुरा उहाबाट सुन्न पायौ हाम्रो बसाइँ बिगु गुम्बा भित्रै बसाइँ भएकोले समय बितेको पत्तै भएन ।साझ शान्त र मन्ध झरि थियो।

हामि गुम्बा पुग्दा बेलुकाको खाना तयार भैसकेको रहेछ्। आनीहरूका हातबाट बनाइएको त्यो साधारण खाना मैले जिन्दगीमा खाएका महँगो परिकारभन्दा स्वादिलो लाग्यो। त्यस रात हामी प्रकृति र शान्तिको काखमा निदायौं, मनमा भोलिको यात्रा र दर्शनको उत्साह बोकेर ।

श्रावण १७ गते, बिहान धार्मिक स्थलमा चोखो निधो भएर जानुपर्छ भन्ने बिस्वास छ सोहि अनुसार हामि सबेरै उठेर सबै जना पालैपालो नुहाएर आ–आफ्नो घरबाट लिएर आएको भेटि ,अक्षता र बाटोमा खानपान को लागि बोकेका फलफुल उसिनेको आलु बोकेर हाम्रो टिम ४ः१५ बजे हामि देउढुङ्गाको लागि गुम्बाबाट पैदल यात्रा सुरु ग¥यौं। जुन हामि ६ जनाको लागि नया रुट थियो ।
बिहानको अँध्यारोमा टर्चको उज्यालोमा यात्रा सुरु भयो । जङगल बिचको त्यो ठाडो उकालो बाटो त कहिले ओरालो साँघुरो र चिप्लो बाटाहरु अनि त्यो लेकमा हुने चराचुरुङिको गुन्जन ।

हामी कोहि चुपचाप अघि बढिरहेका थियौ त कोहि बिहानि को गुड मर्निङ, भजन को त्यो जिविएल बाट गुन्जिएको साउन्ड म्युजिकबाट आन्नद लिदै मनमा एक किसिमको मौनता । जहा न त कुरा थियो न त विचार ,अनि हामिहरुलाइ जिस्काउने ति स–साना गोरेटो बाटो थियो । सोहि गोरेटो बाटोहरुले म बाहेक हाम्रो साथिहरु लाइ जिस्कायो र अल्मलिन पुगे । पुन मैले सुसेलि हालि गन्तव्य पुग्ने बाटो को इशारा गरे। यो बर्खा को समयमा लाग्ने त्यो लेकको जुकाले हामिलाइ सताएको पत्तै भएन, तर मनभित्रको आस्था र जिज्ञासाले सबै थकान र जुकाको चुसाइ भुलाइदिएको थियो।

यात्रामा हामीले जंगल, झरना, ढुंगे सिढिहरु र उड्दै गरेको ति बिहानिपखको बादलहरु ,पहाड, हरियालीले भरिएको डाँडाहरू अनि बर्खाको झरिमा रुझ्दै लम्कदै गर्दा कहिले–काहीँ बादलले बाटो ढाक्थ्यो, त कहिले बादल माथि बाट बर्सेको त्यो सिमसिम झरिले स्वागत गर्थो ।कहि कतै खुला आकाशमा टाढासम्म फैलिएका हिमाल देखिन्थे।

यो अनुभव केवल शरीरको यात्रा थिएन, यो आत्माको पनि यात्रा थियो। करीब पाँच घण्टा लामो पैदलयात्रापछि बिहान ९:२०बजे हामी देउढुङ्गामा पुग्यौं। देउढुङ्गाको मुख्य आकर्षण भनेकै त्यो अद्भुत ठाडो चट्टान हो, जसको फेदमा एक सानो मन्दिर रहेको र मन्दिर वरिपरि टाँगिएका प्रार्थना झण्डाहरूले वातावरणलाई झनै पवित्र बनाएको थियो।झण्डाहरू हावामा फर्फराउँदा त्यहाँको मौनता र शान्ति गुञ्जिरहेजस्तो लाग्थ्यो।

बर्खाको मौसम भए पनि त्यतिबेला आकाश खुल्ला थियो। तल हेर्दा सेता बादल, अनि बादलले बेहुलि झै गुम्टो ओढाएको पहाड, वरिपरि हरियालीले भरिएको ,ति पहाडमा चरणमा रहेको चौरीहरु त्यसको बीचमा एक शान्त, भव्य चट्टान। त्यो क्षण अबिस्मरणिय थियो । यो स्थल समुद्र सतहदेखि ३,५९० मिटरको उचाइमा अवस्थित छ। देउढुङ्गा केवल एक चट्टान होइन, त्यो आस्थाको प्रतीक हो । जहाँ पुग्न कठिन छ, तर एकपटक पुगेपछि हरेकको मन चंगा हुन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, बिहिबार ००:००  ९ : १० बजे