२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

को हुन ? आरोही लाल बहादुर जिरेल




काठमाडौं । लाल बहादुर जिरेल, दोलखा जिल्लाको ऐतिहासिक तथा पर्यटकीय नगरी जिरीमा जन्मिनु भएको हो ।
जिरेल समुदायबाट सगरमाथा (एभरेस्ट) आरोहण गर्ने उहाँ प्रथम व्यक्ति हुनुहुन्छ ।

उहाँले दुई पटक सफलतापूर्वक सगरमाथा आरोहण गर्नुभएको छ । जसले उहाँलाई नेपाली पर्वतीय पर्यटन क्षेत्रका एक प्रतिष्ठित नामको रूपमा स्थापित गरेको छ ।

पर्वतारोहणमा विशेष दक्षता हासिल गर्न उहाँले माउन्टेनेरिङ लिडर कोर्स, रक क्लाइम्बिङ (लेभल १) स्कि र प्याराल्गाइिडङ लगायतका विभिन्न प्राविधिक तालिमहरू लिनुभएको छ । यी तालिमहरूकै आधारमा उहाँले नयाँ आरोहीहरूलाई प्रशिक्षण दिने कार्यसमेत गर्दै आउनुभएको छ ।

उहाँले सगरमाथाका साथै नेपालका विभिन्न दर्जनौँ हिमाल र पिकहरू सफलतापूर्वक आरोहण गर्नु भएको छ । यस क्रममा उहाँले नेपाली हिमालहरूको संरक्षण, दिगो पर्वतीय पर्यटनको प्रवद्र्धन र स्थानिय समुदायलाई समेट्ने कार्यमा समेत सक्रिय भूमिका खेल्दै आउनुभएको छ।

लाल बहादुर जिरेल एक निखारिएको पर्वतीय पर्यटन व्यवसायी, प्रशिक्षक तथा साहसी आरोही हुनुहुन्छ । उहाँको योगदानले जिरेल समुदाय मात्र नभई समग्र नेपाली पर्वतीय पर्यटन क्षेत्रलाई गौरवान्वित तुल्याएको छ ।

जिरेल समुदायबाट इतिहास बनाएका लाल बहादुर जिरेलले नेपाल पर्वतारोहण संघको बोर्ड सदस्यमा उम्मेदवारी दिनु भएको छ । यो गौरवमय विषयलाई आम मतदाताले मतदान गरेर विजय गराउन हुनका लागि हार्दिक अनुरोध गर्दछौं ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार ००:००  ११ : ३५ बजे