बिमला बुढाथोकी
दुख नगरी सुख हुँदैन् । बुबा तपाँई त्यो उदाहरण हो । यो भनाईलाई प्रष्ट पारिदिनुभयो । परिवारको चिन्ता । घर व्यवहार सम्हाल्नुपर्ने । संघर्ष गरेर अघि बढ्नुको विकल्प बाहेक न त जागिर थियो । न त हात भरी पैसा । मात्रै दिमाखमा एउटै कुरा थियो मैले दुख गर्नुपर्छ । घर खेती थेग्नु पर्छ । थोरै हैन् । तर धेरै कुराहरु छरपष्ट छन् । घाम, पानी, बर्षा झरी के हो? तपाँईलाई सोध्नु छ । बुबा संघर्ष के हो? तपाँईलाई बुझ्नु छ ।
दुःख के हो तपाँईबाट जान्नु छ । घामले तपाँईलाई पोल्यो होला । पानीले रुझायो होला । अनि बर्षामासको भेल बाढीले त्रसित बनायो होला । तर पनि त्यो वन जङ्गलमा हिँड्न छाड्नुभएन । हाम्रो लागि यति धेरै पसिना बगाउनुभयो की? जम्मा गरिराखेको हुन्थ्यो भने अहिले सम्म एउटा बर्षाको खोला बनिसक्यो होला । अनि म सोच्छु, मन मनै प्रश्न गर्छु? की अघिल्लो दिनको बेलुका १० बजे सुतेको मलाई भोलिपल्ट विहानको ८ बजे करिब १० घण्टा सम्म पनि आँखा उग्रिदैन । के तपाँईलाई त्यो बेला यसरी निन्द्रा लागेन? सुत्न मन लागेन? ज्यानलाई आरमको जरुरत थिएन? धेरै थियो । तर तपाँईले तपाँईको ज्यान भन्दा पनि हाम्रो भविष्यको चिन्ता गर्नुभयो ।
२०४७ सालमा एस एल सि पास गर्नुभएको तपाँई । खै? कसरी दुखमा रमाउनुभयो । बुबा सदैव मन मनै सोचिरहनुभयो । आज महिले गरेको दुखले मेरा बच्चाहरुको भविष्य सफल बनाउन सक्छु की सक्दिन? अनि सोच्नुभयो हामि दिदीभाईका लागि मेरो यो दुख प्रयाप्त छैन् । श्रीमतीको लागि खुशी दिने श्रीमान भईन । बच्चाहरुले खोजेको खुशी, अनि उनिहरुले रोजेको बाटोलाई सहजताको महसुस गराउँन सक्छु की सक्दिन? अं ह कहिले सोच्नुभएन की दुखमा पनि सुख भेटीन्छ । दुख एउटा सुखको खम्बा हो । जहाँ दुखको सागरले नै सुखको अनुभुति दिलाउँछ । हो बुबा । साँच्चै हजुरको त्यो दुखले सुख दिलाएको छ । मात्र हामि दिदीभाईको एउटै चाहना छ । की हजुर र ममिले दिलाउनुभएको यो सुख जुनि जुनिभर सम्हालेर राख्न सकुँ । चरिकोट बजार जिलु अर्थात घरबाट नजिकै छ । हिँडेर एक घण्टा, बसमा आदी घण्टा त पुरै लाग्छ । तर तपाँई हिँडेर चरिकोट बजार पुगि । सागसब्जी बेचविखन गरी घर आएर । तरकारी बारी पुग्दा समेत हामी दिदी भाई उठेका हुन्थेनौ ।

यता ममिले घर धन्दा आधा पार्नुहुत्थ्यो । तर पनि तपाँईले हामीलाई एक शब्द भन्नुभएन की, तिमिहरु उठेर तरकारी बारी जानुपर्दैन? मात्रै भन्नुभयो किन भुराहरु उठेनन् । सन्चो भएन कि के हो? बिमला ए छोरी अनि भन्नुभयो गणेश ए छोरा । तिमारुलाई सन्चो छैन् हो? बुबाले बोल्नुभएको यो मायालु शब्दले अझै हामिलाई लाग्थ्यो ए उज्यालो त भएकै छैन् । किनभने चरिकोट पुग्नुपर्ने बुबा घरमै हुनुहुन्छ ।
बस्नुस न बुबा अब त थकाई लाग्यो होला । जिवनको ५८ औँ बर्षमा प्रवेश गरिसक्नुभएको छ । तर पनि मन नमाने रै होला । बस्न मान्नुहुन्न । गाउँघरका अन्य दाजुभाईसँगै अल्लारे ठिटो बनेर तपाँईले गर्नुभएको यो मेहनत, परिश्रम । अं ह बयान गरी साध्य छैन् । खेतमा तरकारी उब्जाउनु भएकै छ । धान रोप्नुभएकै छ । कोदो रोप्नुभएकै छ । ५८ औँ बसन्त पार गरिरहँदा पनि सिजन अनुसारका तरकारी, फलफुलहरुले खेतबारी बेहुली झैँ सिँगारीएको छ । हरियो परियो छ । अर्गानिक खुराकहरु । जो तपाँईले खेतबारीमा उब्जाउनुहुन्छ । रमाई रमाई खान पाएकै छौँ । यो कुराहरु तपाँईलाई सामान्य लाग्ला । तर मलाई अनि भाईलाई गहन लागेको छ । बुबा अफिस बिदा हुँदा जब घर पुग्छु । त्यहाँको वातावरण छुटै छ । जहाँ हरियो सागसब्जी । अनि मनै लोभ्याउने हराबरा हावाको सुस्केरामा सुसाईरहेको फलफुलको बोटविरुवा देख्छु ।
अनि मन खुशीले गद गद हुन्छ । किन थाहा छ? यो उमेरमा पनि तपाँईले कति मेहनत गर्नुभएको भनेर । मन मनै सोच्ने गर्छु । अब हामी भन्दा पनि तपाँई र ममिलाई त यो घर, आगँन अनि यहाँको पाखापखेरी र खेतबारीका बोटविरुवा नै मन मिल्ने दौतरी अनि साथी भएका छन् । मलाई लाग्छ तपाँईहरुले हामिसँग खोल्न नसक्नुभएको पिर, बेथा, बेदना यिनिहरुसँग पोख्नुहुन्छ । सुनाउनुहुन्छ । यो सबै तपाँईहरुले हाम्रा लागि गर्नुभएको हो । हाम्रा लागि तपाँईहरुले आफ्ना हरेक रहरहरु मार्नुभएको छ । लुकाउनुभएको छ । त हरेक दुखहरु भुल्नुभएको छ । कति दुखेको होला त्यो शरिर? कति धेरै छन् होला मनभरी बेदनाहरु । अं ह कहिल्यै देखाउनुभएन । सुनाउनुभएन । महशुस गराउनुभएन ।
म बुबा अनि ममिसँग सधैँ बुझन चाहान्थेँ । सोध्न चाहान्थेँ । शरिर दुख्दा दुखाईको औषधि पाउनुभयो? त्यो चर्को घामले कहिँ कतै पोलेन? शरिरका छाला डडेन? शरिरबाट पसिनाका धारा बगेन? कृषि पेशा सहज छैन् । दुख नगरौँ कहिल्यै लागेन? तर पनि आज सम्म बुबा र ममिको अनुहार हेरेँ । पढेँ पनि । नजिकै गएर सोध्न धेरै प्रयास गरेँ । म सफल हुन सकिन । किनभने यो प्रश्न मैले आफ्नो मनबाहेक तपाँईहरु सामु राख्नै सकिन ।
नकी मलाई राम्रोसँग थाहा छ । उहाँहरुले त्यो दुखलाई लुकाउँदै मलाई हसाउँनुहुने छ । बुबा, ममि यो ठाउँसम्म पु¥याउन तपाँईहरुले जुन मेहनत गर्नुभएको छ । सदैव मेहनतको कदर गर्दै अघि बढ्ने हामी दिदीभाईलाई प्रेरण मिलिरहेको छ । हौसला बढीरहेको छ । मात्र भगवानसँग एउटै कुरा माग्छु । तपाँईहरुले देख्नुभएको सपनालाई पुरा गर्न सकुँ । हिँडाउनुभएको बाटो पछ्याउन सकुँ । तपाँईहरुका लागि हामी दिदीभाई त्यस्तो औषधि बन्न सकुँ । जहाँ तपाँईहरुको दुखाई पनि कम होस् । बिर्सिएको छैन् नि बुबा । दुख पर्दा ति आफन्त भनौदाहरु काम नलागेको । अर्को कुरा त जुन समय राम्रो चलिरहेको थियो । सबै कुरा ठिकठाक थियो । त्यो बेला हाम्रो गुणगान गाएर नथाक्नेहरु त्यो दिन हाम्रो साथ छाड्दै गएँ । हुन त दुखमा परेको बेला गाउँ, समाज, आफन्त, नातागोता सबैले बनाउने भनेको नै एक्लो रहेछ । एक्लो हुनु भनेको हार्नु हैन् । कमजोर हुनु हैन् । केवल हो त जस्तो सुकै परिस्थिति आएपनि उभिन जान्नु हो । उभिन सक्नु हो ।
त्यस्तो परिस्थितिको उभ्याँईले हामिलाई महत्वपुर्ण पाठ सिकाएको छ । आज हामि यस धर्तिमा उभिएका छौँ । र त जिवन एउटा कोपिला बाट फर्किएको फुल भएको छ । हो बुबा । यो उमेर सम्म आईपुग्दा तपाँईले गर्नुभएको संघर्षले जिवनमा अघि बढ्न हामिलाई थप मार्गनिर्देश गरेको छ । त्यति मात्र हैन् । दुख पर्दा आत्तिने र सुख पर्दा मात्तिने । कहिल्यै गर्नुहुँदैन बुझेका छौँ । तपाँईको त्यो मेहनतले गर्दा नै आज हामी यो स्थानमा छौं । बुबा तपाँईले नै जागिर त सानो होस् या ठुलो गर्नुपर्छ । भन्नुभयो । र त आज जागिरमा अल्झिन हामि सफल भएका छौँ । तपाँईले सागसब्जी बेचेर कमाउनुभएको पैसाले नै भाईले डिग्री पास ग¥यो । म डिग्री गर्दै छु । अन्तत ः तपाँई हामी जो कोहिलाई प्यारो लाग्ने शब्द बुबा अनि आमा । साँच्चै हो बुबा आमा छोराछोरीको लागि साक्षात भगवान हुनुहुन्छ । जसले न रातको निद्रा । न दिनको भोक । न दुख बिमार पर्दा आरमको आवश्यकता महसुस गर्नुहुन्छ । उहाँहरुले मात्र सोच्नुहुन्छ । छोराछोरीको सपना कसरी पुरा गर्न सकिन्छ?
उनिहरुलाई सहि बाटो हिँडाउन के गर्न सकिन्छ? के कस्तो दुख गर्दा उनिहरुलाई भोको हुनबाट रोक्न सकिन्छ । तसर्थ बुबा, आमाको यो दुख नै दुखले भरिएको मायालाई सम्मान गर्दै उहाँहरुलाई माया गरौँ ।


