६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

‘च्छो रोल्पा पदमार्गमा तीन वटा पुल र अलपाइन क्लव सेल्टर निर्माण गरौँ’



काठमाडौं । दोलखा जिल्लाको पर्वतीय पर्यटकीय गन्तव्य रोल्वालिङ क्षेत्रमा पूर्वाधार विकास, प्रचार-प्रसार, आवास व्यवस्थापन र पर्यटन प्रवर्द्धनमा अग्रणी भूमिका निभाउँदै आएका व्यक्ति हुन् – दावाछिरी शेर्पा।

उनी सफल सगरमाथा आरोही समेत हुन्, जसले १३ पटक सगरमाथा आरोहण गरिसकेका छन्। शेर्पाको जन्म २०२८ सालमा गौरीशंकर हिमालको काखमा रहेको वेदिङ गाउँ (४२०० मि.) मा भएको हो। उनी सानैदेखि आफ्नो जन्मथलो, गाउँ र पदमार्गको विकासका लागि सक्रिय रहँदै आएका छन्। विशेषतः च्छो-रोल्पा पदमार्गको प्रवर्द्धन र व्यवस्थापनमा उनी निरन्तर लागिपरेका छन्।

तर, यहाँको भुगोल, पर्यटकीय सम्भावना, च्छोरोल्पा र दुध कुण्डको विशेषता राज्यले नबुझ्दा ओझेलमा परेको आरोही शेर्पाको बुझाई छ । हरेक वर्ष हजारौ स्वदेशी तथा विदेशी पर्यटक रोल्वालिङ, च्छो–रोल्पा क्षेत्रमा घुम्न आए पनि पदमार्ग, झोलुङगे पुलको समस्याले पर्यटकहरु अलपत्र पर्ने गरेको टुरिजम मिडियाको अन्तर्वार्तामा उनले बताएका छन् ।

यहाँ गौरीशंकर संरक्षण क्षेत्रका कारणले पनि स्थानीयलाई समस्या हुने गरेको शेर्पाको भनाई छ । ‘पर्यटक विरामी भएमा उद्धारका लागि हेलिकप्ट ल्याउन संरक्षण क्षेत्रका कारणले झन्झट हुने गरेको छ । विशेष परमिट लिनु पर्ने भएका कारण हेलि आउँदासम्म पर्यटकको मृत्यु भएको घटनाहरु छ,’ शेर्पाले भने,‘ यसकारण सरकारको ध्यानकर्षण गराउन चाहान्छु । हिमाल संरक्षण क्षेत्रमा राखेपनि गाँउ बस्तिलाई संरक्षण क्षेत्रबाट हटाउनुपर्छ।’

उनका अनुसार वेदिङ, टासिलप्चा, सिमि गाउँ, सुरमुचे, ढोगाङ, क्याल्चे, थाङठिमा र च्छारोल्पामा सहजै हेलिकप्टर ल्यान्डिङ गर्न पाउने व्यवस्था गर्नुपर्छ । जस्का कारण विरामीहरुको सहजै उदार गर्न सकिन्छ ।

अहिले बाढिका कारण पुल भत्किएको छ । पर्यटकका लागि झोलुङगे पुल तत्तकाल निर्माण गर्नुपर्छ । च्छोरोल्पा पदमार्गमा ढोगाङ, बहुला खोला र ठेमलुङ खोलामा पुल निर्माण गर्न जरुरी छ । तीन ठाउँमा पक्कि पुल निर्माण भयो भने पर्यटकहरु सहजै आउन जान सकिने शेर्पाको भनाई छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार ००:००  ११ : ०८ बजे