२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

एनएमएका अध्यक्ष शेर्पाद्वारा कल्याणकारी कोषमा २० लाख सहयोग



काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले कल्याणकारी कोषमा २० लाख रुपैयाँ व्यक्तिगत रूपमा सहयोग गरेका छन्।

हिमाल आरोहणका क्रममा ज्यान गुमाएका हिम आरोहीहरूको बालबालिका तथा परिवारको सहयोगका लागि स्थापना गरिएको उक्त कोषलाई थप ‘वृहत’ बनाउने उद्देश्यले अध्यक्ष शेर्पाले उक्त सहयोग गरेका हुन्।

हिम आरोहीहरूको निधन भएमा उनीहरूको परिवार तथा बालबालिकाको शिक्षा र भरणपोषणमा सहयोग पु¥याउने उद्देश्यले कोष सञ्चालन गरिने अध्यक्ष शेर्पाले जानकारी दिए।

उनले निर्वाचनपूर्व नै उक्त रकम कोषमा जम्मा गर्ने घोषणा गरेका थिए, जसअनुसार उनले अहिले रकम हस्तान्तरण गरेका हुन्।

कल्याणकारी कोषलाई ५० लाख रुपैयाँको जगेडा कोष बनाउने योजना रहेको र सो कोषको व्याजबाट आवश्यक कार्यहरू सञ्चालन गरिने एनएमएले जनाएको छ।

कोषलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी एनएमएकी कोषाध्यक्ष सुमी लामाले दिइन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार ००:००  १ : २२ बजे