७ कार्तिक २०८२, बिहिबार | Thu Oct 23 2025

रुकुम र बागलुङको सीमामा भूकम्पको धक्का



काठमाडौँ । रुकुम–पूर्व र बागलुङ जिल्लाको सीमा नजिकैको पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ८ बजेर २५ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सो क्षेत्र र आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। यद्यपि, यसबाट कुनै ठुलो क्षति भएको खबर भने आएको छैन ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार ००:००  ९ : १८ बजे