काठमाडौं । गिनिज बुक अफ वल्र्ड रेकर्डर मिङमा डेभिड (ग्याबु) शेर्पा संस्कृति पर्यटन तथा नागरिक उडयनमन्त्री बन्ने प्रबल सम्भावना बढेको छ । भदौं २३ र २४ गतेको जेनजी आन्दोलनपछि शुसीला कार्की प्रधानमन्त्री भएको नागरिक सरकारले मन्त्रीमन्डल विस्तारको क्रममा पर्यटन मन्त्रालयको जिम्मेवारी शेर्पालाई दिने सम्भावना बढेको हो ।
ताप्लेजुङमा जन्मिएका ३६ वर्षका शेपाले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालहरू आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरिसकेका छन् । यो कीर्तिमान ३० वर्षको उमेरमै प्राप्त गरेको हो ।
उनले सगरमाथा र केटु (प२) हिमाललाई केवल ६१ दिनको अन्तरमा सफलतापूर्वक आरोहण गरेका थिए । के टु मा २०२४ सम्ममा ६ पटक र सगरमाथा ९ पटक सफल आरोहण गरी विश्व कीर्तिमानी भएका शेर्पाले पर्यटन मन्त्रालयको जिम्मेवारी यो समयमा आफूले पाउनु पर्ने दावी समेत गरेका छन् ।
उनी वातावरण र हिमाली पर्यटन सुधारका अभियानता समेत हुन् । उनले फोहोर व्यवस्थापन, क्लाइमेट परिवर्तन जागरूकता, पर्वत निर्माणमा श्रमिकहरूको अधिकार जस्ता विषयमा वकाल समेत गर्दै आएका छन् ।
उनी नेपाल पर्वतारोहण संघका नव निर्वाचित प्रथम उपाध्यक्ष समेत हुन् ।
जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय क्षेत्रमा केही गलत म्यासेज गएको छ । यद्यपि नेपाल सुरक्षित र पर्यटनमैत्री छ,’ शेर्पाले भने,‘हिलटन होटल जस्तामा आगजनी भएको छ। यसले केही त्रास फैलाएपनि पर्यटकीय गन्तव्य र क्षेत्र सुरक्षित छ।’
यदि मलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइन्छ भने,‘६ महिनामा उल्लेखनिय काम गर्ने छु । पर्यटन क्षेत्रमा भारी बोकेर आएको हुँ । अहिले वल्र्ड रेकर्ड भएको छु । नेपालको पर्यटन, पर्यटनी बजार, व्यवसायको विषयमा जानकार छु । पर्यटन उडयन, संस्कृति र पर्यटनको विषयमा समय सिमाले दिएको काम निश्वार्थ ढंगले गर्ने छु ।’
शेर्पालाई काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहको समेत समर्थन रहेको छ ।


