६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

बिगमार्टमा स्मार्ट सेलिव्रेशन वाइ एससीटी



काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० शाखा रहेको चेन स्टोर बिगमार्टमा यहि घटस्थापना देखि छठ सम्म स्मार्ट सेलिव्रेशन वाइ एससिटि अफर सुरु गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा यहि असोज ६ गते देखि कार्तिक १० गते सम्म एसीटी युनियर पे कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम एक सय हुने गरीे छुट प्राप्त गर्ने जनाएको छ ।

यसको लागी भुक्तानी गर्न एससिटि युनियर पे कार्ड प्रयोग गरी पिओएस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर घटस्थापना देखि छठ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी युनियनपे कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार ००:००  ९ : ४० बजे