६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

प्रधानमन्त्री कार्कीले गरिन् एनपिएलको उद्घाटन



प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेकी छन्।

विशेष समारोहबीच भएको उद्घाटन कार्यक्रममा उनले साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाजका खेलाडीसँग परिचय गरेकी थिइन्।

उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकप्टरबाट मैदानमा पुष्पवृष्टि गरिएको थियो। दर्शकहरूले पनि उत्साहित देखिन्थे।

उद्घाटनसँगै लिगको औपचारिक सुरूआत भएको छ।

पहिलो खेल जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुने आयोजनाले जनाएको छ।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार ००:००  ४ : २५ बजे