७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

शशिकान्त अग्रवालले भक्तपुरमा जेडब्ल्यू म्यारियट ल्याउने



उद्योगी शशिकान्त अग्रवालले भक्तपुरमा जेडब्ल्यू म्यारियट खोल्ने भएका छन्। उत्पादनमुलक उद्याेग तथा ट्रेडिङ व्यवसायबाट स्थापित अग्रवालले भक्तपुरमा पाँचतारे लक्जरी हाेटल ल्याउने तयारी थालेका हुन्।

सुरुमा ठमेलमा चारतारे होटल फेयरफिल्ड सञ्चालनमा ल्याएका उनले नक्सालमा पाँचतारे म्यारियट होटल खाेलेका थिए। म्यारियट सञ्चालनमा आएको ४ वर्षपछि कमलादीमा चारतारे हाेटल मोक्सी ल्याएका हुन्।

मोक्सीको औपचारिक रूपमा सुरुवात गर्दै होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले जेडब्ल्यू म्यारियट सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। उक्त म्यारियट अमेरिकी लक्जरी होटल ब्रान्ड हो।

प्रकाशित मिति : २९ मंसिर २०८२, आइतबार ००:००  १० : १४ बजे