काठमाडौं । २० जना महिला आरोहीहरु पाल्दोर हिमाल आरोहणका लागि प्रस्थान गरेका छन् । महिलाहरुमा आरोहण क्षमता अभिवृद्धि गर्दै सशक्त, सक्षम हुने उदेश्यले आरोही महिलाको टिम पाल्दोर हिमाल तर्फ लागेका हुन् ।
उनीहरुले पाल्दोर हिमालमा माउन्टन लिडरशिप तालिम समेत गर्नेछन् ।
गणेश हिमाल र लाङटाङ क्षेत्रमा पाल्दोर हिमाल (५,९०३मी) प्रसिद्ध रहेको छ । प्रसिद्ध ब्रिटिश अन्वेषक तथा पर्वतारोही बिल टिलम्यानको नेतृत्वमा सन् १९४९ मा पहिलो पटक पाल्दोर हिमाल आरोहण भएको थियो ।


