५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

गुरूङ समुदायमा तमु ल्होसारको राैनक (फोटो फिचर)



गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन्।

गुरूङ समुदायले मंगलबार काठमाडौंको बसन्तपुर दरबार क्षेत्रबाट नाँचगानसहित र्‍याली निकालिएको छ। र्‍याली गरी टुँडिखेलमा ल्होसार महोत्सव सुरू गरिएको हो। यस कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी हुनेछन्।

ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन्।

तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन्।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार ००:००  १ : ४९ बजे