चरिकोट । दोलखाको विगु गाउँपालिका १ स्थित जेन्जी समूह र लामा बगर क्षेत्रमा सञ्चालित हाइड्रोहरुबीच ७ बुँदे सहमति भएको छ ।
दुई पक्षबीच भएको सहमतिसँगै हाइड्रोको सवारी साधान सञ्चालनमा आएको छ ।
विगु गाउँपालिकाका जेन्जीका संयोजक भीमलाल लामाले दिएको जानकारी अनुसार गोगरदेखि लामाबगरसम्मको बाटो स्तरोन्नती गर्ने, स्थानीयलाई रोजगारी दिने लगाएको विषयमा सहमति भएको हो ।

केही समयअघिदेखि जेन्जी समूहले सो क्षेत्रमा सडक मर्मत र स्थानीयलाई रोजगारी, पैदल मार्ग निर्माणको माग राख्दै शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए ।



