७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा पर्यटन प्रवर्दनात्मक कार्यक्रम



काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिले पर्यटन प्रवर्दनात्मक कार्यक्रम गरेको छ । सोमबार औपचारिक कार्यक्रमसहित प्यानल डिस्कसनसमेत गरिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नाटाका अध्यक्ष कुमार मणी थपलिया, हानका अध्यक्ष विनायक शाह, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, पर्यटन बोर्डका सिइओ दिपकराज जोशी लगाएतका प्यानलिस्टमा सहभागी थिए ।

कार्यक्रमको सहजीकरण राजेन्द्र बाँनियाले गरेका थिए । कार्यक्रमको नाम भने,‘बौद्ध धर्म संस्कृति, पर्यटन प्रवद्र्धन तथा नीति निर्माण सम्बन्धी अन्तरक्रिया’ रहेको थियो ।

कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार ००:००  ६ : ०१ बजे