२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

नबिल बैंकको अध्यक्षमा निर्वाणकुमार चौधरी



काठमाडौँ । नबिल बैंकको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन भएका छन् । मंगलबार बसेको बैंकको ६९९ औँ सञ्चालक समिति बैठकले चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेसँगै उनले अध्यक्षको कार्यभार सम्हाल्ने नबिल बैंकले जनाएको छ । निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले दुई कार्यकाल पूरा गरेसँगै अध्यक्ष पद चौधरी चयन भएका हुन् ।

बैंकको ४१ औँ वार्षिक साधारण सभाले संस्थापक सेयर धनी तर्फबाट सञ्चालक समितिको सदस्यमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ। वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ ।

सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयर धनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो।

प्रकाशित मिति : १ माघ २०८२, बुधबार ००:००  २ : ५० बजे