२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ३६ लाख २१ हजार डलर सहायता स्वीकार



सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ३६ लाख २१ हजार ९ सय ८३ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिएका हुन्।

उनकाअनुसार स्वच्छ वायु तथा समृद्धि परियोजनाका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने विषयमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ।

माघ २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू
मानव–बाघ अन्तरसम्बन्धन व्यवस्थापन परियोजनको लागि विश्व वातावरण सुविधावाट विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने अमेरिकी डलर ३६ लाख २१ हजार ९ सय ८३ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।

स्वच्छ वायु तथा सम्बृद्धि परियोजनाको लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा विश्व बैकसँग वार्त गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ।

नेपाल इन्जिनियरिङ सेवा जियोलोजी समूह हाइड्रो जियोलोजी उपसमूह राप प्रथम श्रेणीका अधिकृत देवकुमार स्याङ्वोलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय वा त्यसअ्तर्गत पदस्थापन गर्ने निर्णय भएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत सुपरिटेन्डिङ इन्जिनियर सुशिल कुमार देवकोटाले पेस गरेको राजीनामा स्वीकार गर्ने निर्णय भएको छ।

बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तिय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरिएको छ।

उच्च अदालतका पूर्वन्यायधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेतिथिसम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने निर्णय भएको छ।

नेपाली सेनाका एक जना सहायक रथीको सरुवा गर्ने र एक जना महासेनानीको सहायक रथीमा बढुवा गर्ने निर्णय भएको छ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा महोमद सफी उल्लाह रौतहटलाई मनोनयन गर्ने निर्णय भएको छ।

२०८२ फागुन १२ मा जापानको टोकियोमा आयोजना हुने जापान नेपाल इम्प्लोयमेन्ट कन्फ्रेन्सको दोस्रो संस्करणमा सहभागी हुन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

२०८२ फागुन ४ देखि ७ गतेसम्म भुटानको थिप्पुमा सञ्चालन हुने सेकेन्ट माउन्टेन कनेक्ट इन्टररिजनल वर्कसप कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाश कुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

२०८२ फागुन १२ देखि १५ गतेसम्म थाइल्यान्डमा आयोजना हुने १३ औँ प्यासिफिक फोरम अन सस्टनएवल डेभलवमेन्ट (एपीएफएसडी) मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाश कुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

प्रकाशित मिति : ५ माघ २०८२, आइतबार ००:००  ५ : ४७ बजे